नेकपा एमाले सन्धिखर्क ८ काे घरदैलो अभियान शिवनेटाबाट सुरू

| २०७९ बैशाख १६ गते १३: १६ मा प्रकाशित

अर्जुन भुसाल। नेकपा एमाले सन्धिखर्क ८  काे घरदैलो अभियान शिवनेटाबाट सुरू गरिएकाे छ । 

 एमालेले  वडा अध्यक्ष पदमा नारायण अर्याल, महिला सदस्यमा डाली खत्री, दलिल महिला सदस्यमा कमला सुनार, खुल्ला सदस्यहरूमा कृष्णप्रसाद पराजुली र कृष्णबहादुर थापालाई उम्मेदवार बनाएकाे छ ।  

घर दैलाे अभियानमा उम्मेदवारहरू सहित जिल्ला कमिटी सदस्य भाैतिक याेजना तथा यातायात विभाग प्रमुख कमल भट्टराई, जिल्ला सदस्य तथा वडा सहजकर्ता देवी थापा भुुसाल, नगर सचिवालय सदस्य तथा वडा इन्चार्ज धर्मराज पराजुली, नगर सदस्य तुल्सी भुसाल लगायतका अन्य स्थानीय नेता, कार्यकर्ताहरू सहभागी भएकाे निर्वाचन परिचालन कमिटीका संयाेजक सुमन केसीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्