संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार अभियान सन्धिखर्क ११ डिभर्नाकाे अमिलेमा सम्पन्न

| २०७९ बैशाख २० गते १७: ५९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नाकाेे अमिलेमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो तथा काेणसभा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्ने नेताहरूले समृद्ध नेपाल र समृद्ध जनता निर्माणका लागि गठबन्धनका साझा उम्मेदवारहरु लाई विजयी बनाउनु पर्ने बताए । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामबहादुर बिसि, नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान ) ,माओवादि केन्द्रीय सदस्य ठाकुर बिक, मेयर पदका उम्मेदवार शान्ता भण्डारी , उपमेयर पदका उम्मेदवार पदका उम्मेदवार राजेन्द्र भुसाल  वडा अध्यक्ष पदका उम्मेदवार चेतनारायण ठाचार्य लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा  नेपाली कांग्रेसका जिल्ला काेषाध्यक्ष विष्णु क्षेत्री , महाधिवेशन प्रतिनिधि मणिराम परियार, जिल्ला सदस्य मिना बस्याल ,  नेपाली कांग्रेसका नेता इन्द्रबहादुर क्षेत्री ,  सीता भुसाल  नगर सभापति बाबुराम भुसाल , ११ नम्बर वडा गठबन्धनका साझा उम्मेदवारहरु अध्यक्ष  चेतनारायण आचार्य, सदस्यहरु निर्मला भुसाल , कृष्ण चुँदाली,  तलुबहादुर कुवर , करुणा बिक  लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति हिराधर अाचार्यकाे अध्यक्षता, दामोदर आचार्यकाे सञ्चालन र फर्सुराम कुवरकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्