स्थानीय चुनाबमा एमालेले अर्घाखाँचीका ६ वटै पालिकामा दुई तिहांईले जित हाँसिल गर्छ : एमाले नेता रायमाझी

| २०७९ बैशाख २३ गते १८: १७ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लाका ६ वटै पालिकामा भारि मतका साथ् जित हाँसिल गर्ने बताएका छन्। 

सन्धिखर्क ९ को फलेपतमा आज भएको नेकपा एमालेको चुनावी प्रचारप्रसार सभामा बोल्दै शितगङ्गा नगरपालिकाका १४ वडा मध्ये १० वडामा एमालेको जित सुनश्चित भएको र ४ वटा वडामा चुनावी प्रतिस्पर्दा रहेको बताएका छन्। त्येस्तै मालारानी का ८ वडा मा पनि एमालेले जित हाँसिल गर्ने बताए। 

रायमाझीले सन्धिखर्क नगरपालिकामा पनि नेकपा एमाले पार्टीले नै कब्जा गर्ने बताएका छन्। साथै उनले अर्घाखाँची का ३ पालिका र ३ गाउँपालिकामा दुई तिहाई ले जित्ने दावी गरेका छन्। 

हिंजो कट्टर माओबादी भएर युद्व लड्ने टोपबहादुर रायमाझी तर पछि आएर माओवादी बनेका हिंजोका बच्चाहरुले माओबादी भन्दै एनी हाउ टोपबहादुर लाई हराऔँ एनी हाउ एमालेलाई हराऔँ भन्दै हिडेको र सबै भन्दा टोपबहादुरलाइ हराउन आफ्नै गृह स्थान (गाउँ )वडा नम्बर ९ अर्घा र वडा नम्बर १० लागेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्