अर्घाखाँचीमा एमालेमा प्रवेशकाे लहर तीब्र : उम्मेदवारहरू जितकाे नजिक

| २०७९ बैशाख २५ गते १५: ३९ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। नेकपा माओवादी केन्द्र सन्धिखर्क ७ का वडा अध्यक्ष बालकृष्ण शाह, सनपा १ शान्तिनगर निवासी टाेपलाल पराजुली, परिवार दल अर्घाखाँची उपाध्यक्ष गगनसिंह ठकुरी  सहित विभिन्न व्यक्तिहरू एमाले प्रवेश गर्नुभएकाे छ । 

उहाँहरूलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी,प्रदेश सदस्य जनार्दन खनाल,  जिल्ला उपाध्यक्ष इश्वरा पाेखरेल, सन्धिखर्कका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठ उपमेयर पदका उम्मेदवार मिश्रा आचार्य, वडा नं. १ का अध्यक्ष पदका उम्मेदवार लगायतले पार्टीमा स्वागत गर्नुभयाे । एमालेले निर्वाचन प्रचार अवधिभर सन्धिखर्कका विभिन्न ठाउँमा गरी सयाैंकाे संख्यामा पार्टी प्रवेश गराउँदै छ ।

प्रतिक्रिया दिनुहोस्