खाँचिकोटमा गठबन्धनको बृहत् कार्यक्रम : नेताहरु भन्छन एमालेहरुले हार स्विकार गरे

| २०७९ बैशाख २५ गते १७: ३६ मा प्रकाशित

सन्धिखर्क । एमाले आफ्नो हार बाट अतालिएर मनपरी गर्न थालेको नेताहरुले आरोप लगाएका छन ।

मतदाता प्रभावित पार्न भोज भतेर गर्दै हिड्नु , सामग्री बाड्नु , पैसाले भोट किन्ने प्रयास गर्नु जस्ता काम एमालेहरुले गर्नुनै उनिहरुको हारको मानसिकता भएको उनिहरुले दावी गरे ।

सन्धिखर्क-७ खाँचिकोटका विभिन्न स्थानमा संयुक्त गठबन्धनले गरेको बृहत चुनाबी सभा तथा घरदैलो कार्यक्रममा यस्तो भनेका हुन । वार्ड नं ७ का विभिन्न स्थानहरुमा भएका कार्यक्रमहरुमा गठबन्धनमा आबद्द दलहरुका जिल्ला तथा केन्द्र स्तरीय नेताहरुले एमालेको अन्तरआत्माले हार स्विकार गरिसकेको र अब एमाले पत्तासाफ हुने दावी गरे ।

देशमा एमाले नामको पार्टिले निरन्तर लोकतन्त्र माथी आक्रमण गरिरहेको कारण सबै एकजुट भएको उल्लेख गरे । काङ्रेसको नेतृत्वमा अर्घाखाँचीमा धेरै कार्य भएको तर एमालेहरु भ्रम बाड्दै हिडेकोमा नेताहरुले आपत्ती पनि जनाए ।
कार्यक्रमका क्रममा नगर प्रमुखका उमेद्वार शान्ता भन्डारी र उप प्रमुखका उमेदवार राजेन्द्र भुसालले आफुहरु नगरको मुहार फेर्न कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।

संयुक्त कार्यक्रमलाइ विभिन्न स्थानहरुमा सम्बोधन गर्न काङ्ग्रेस संसदिय दलका सचेतक पुश्पा भुसाल , वरिष्ठ नेता डा . राम बहादुर बि. सि . काङ्रेस जिल्ला सभापती केशब श्रेष्ठ , प्रदेश सांसद निर्मला क्षेत्री , निवर्तमान नगर प्रमुख कमल प्रसाद भुसाल , निवर्तमान उप प्रमुख ठाकुर कुमार बि क , माओबादी नेतृ शुशिला श्रीपाली , जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के सि सन्धिखर्क ७ न . वार्डका अध्यक्षका उमेद्वार गणेश थापा लगायतले जनसमुदाय संग बिकास , समृद्धि र प्रगतिको लागि दायाँबायाँ नसोची गठबन्धनलाइ जिताउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्