गठबन्धनको खाँचीकोट डिहीडाँडामा चुनाबी सभा सम्पन्न : श्रीधर खनाल र तारा भुसालद्वारा उम्मेदवारलाई जितको अग्रीम शुभकामना

| २०७९ बैशाख २६ गते ०५: १० मा प्रकाशित

अम्बिका श्रेष्ठ ,सन्धिखर्क।पाँच दलीय संयुक्त गठबन्धनले सन्धिखर्क ७ को खाँचीकोट डिहीडाँडामा बृहत चुनाबी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्रका बिशेष प्रदेश समन्यव समितिका सदस्य श्रीधर खनालले गठबन्धनका उम्मेदवारहरु लाई विजयको अग्रीम शुभकामना दिनुभएको थियो। 

साथै बैशाख ३० गते हुन् गईरहेको स्थानीय तहको चुनाबमा आफुहरुले जित हाँसिल गरेपछि बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्राणिलीलाई रोजगारमा बदल्न र रोजगारलाई उत्पादन ,उत्पादन लाई आयमा साथै आयलाई समृद्वीमा परिणत गर्न आग्रह गरेका छन्। 

त्यस्तै उक्त चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्र बिशेष प्रदेश समन्यव समितिकी सदस्य तारा भुसाललेपनि सन्धिखर्क ७ का गठबन्धनका उम्मेदवार हरुलाई आशा र भरोशाका साथ् गठबन्धनलाई भोट हाली अत्यधिक मतले विजय गराउँन कार्यक्रममा उपस्थिति आम जनसमुदायलाई अनुरोध गर्नुभएको थियो। साथै भुसालले उक्त क्षेत्रका उम्मेदवारहरु लाई जितको अग्रीम शुभकामाना समेत व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्