एमाले सन्धिखर्कका मेयर पदका उम्मेदवार श्रेष्ठलाई मातृशाेक

| २०७९ बैशाख २६ गते १५: ३० मा प्रकाशित

अर्जुन भुसाल,अर्घाखाँची । नेकपा एमालेकाे तर्फबाट सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई मातृशाेक परेकाे छ । ८६ वर्षिया आमा उमाकुमारी श्रेष्ठकाे बिहान आफ्नै घरमा निधन भएकाे  हाे ।

 उहाँकाे अहिले गच्छेघाटमा अन्तेयष्टि गरिँदै छ । अन्तेयष्टिमा ठूलाे संख्यामा बजारबासी, विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूकाे उपस्थिति रहेकाे छ ।  

स्वर्गीय उमाकुमारीका  श्रीमान,  चार भाइ छाेरा र दुई छाेरी छन् । मेयर पदका उम्मेदवार श्रेष्ठले  आमाकाे निधनले  आफू शाेकमा परेपनि आफ्नाे टिमले निर्वाचनका गतिविधिलाई व्यवस्थित गर्ने  बताउनुभएकाे छ । उहाँले निर्वाचनमा खट्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्तालाई अनुराेध गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्