एमालेका समर्थकले एकीकृत समाजबादीका नारायण भुसाल र नेपाली माथि गरेको व्यहवारप्रति कडा कारबाहिको माग: ७० हजार लुटियो (बिज्ञप्ति सहित)

| २०७९ बैशाख २७ गते १५: ५५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। बैशाख २६ गते सोमबारको साँझ नेकपा एमालेका समर्थक युवाहरुको जथ्थाले सन्धिखर्क २ मा रहेको ज्योति पेट्रोल पम्प नजिकै नेकपा (एकीकृत समाजबादी) का कार्यालय सचिव र नेकपा माओबादी केन्द्रका नेतालाई गालि गलौज र  कुटपिट गरिएको बिषयप्रति संयुक्त पांच दलीय गठबन्धन पार्टीले प्रेस बिज्ञप्ति निकालेको छ। 

संयुक्त पांच दलीय गठबन्धन पार्टीले निकालेको प्रेस बिज्ञप्तिमा यस अपराधिक क्रियाकलापमा संग्लन ब्याक्तिहरुलाई स्थानीय प्रशाशनले नियन्त्रणमा लिई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरिएको छ। 

हिंजो साँझ करिब ८ बजेको समयमा नेकपा (एकीकृत समाजबादी) का कार्यालय सचिव नारायण भुसाल र नेकपा माओबादी केन्द्रका युवा नेता बन्धु नेपालीलाई भुसाल को घर माथिको मिल नजिकै एक्कासि वरिपरि बाट घेराबन्दी गरि गालि गलौज ,कुटपीट गरि गोजी खोजतलासी गर्दै घरयासि प्रयोजन का लागि लिएको ७० हजार रुपैँया लुटिकेएको प्रति संयुक्त पांच दलीय गठबन्धन पार्टीले बिज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण गराएको छ। 

बिज्ञप्ति 

बिज्ञप्ति 

 

प्रतिक्रिया दिनुहोस्