म लिगेसी छोडेको छैन,म नेकपा मै छु: हामि यहिँ छौँ साथिहरुलाई भाग नपुगेर देउवाको सिरानी लगाउँन र पुच्छर बन्न पुगे: टोपबहादुर रायमाझी

चल्ला र बाख्रा बाडेर अर्घामा बिकास हुँदैन

| २०७९ बैशाख २७ गते १९: ३९ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -९ अर्घामा मा नेकपा एमाले को चुनावी प्रचार प्रसार सभा सम्पन्न भएको छ। 

एमाले नेता टोपबहादुर रायमाझीको जन्म स्थल समेत रहेको अर्घा मा उनले आफ्नो मनतव्य राख्दै अर्घाखाँची जिल्लाभर ४४ देखि ४५ सय नयाँ प्रवेसी लाइ टिका आफुले लगाईदीई सकेको बताए,साथै जिल्लाभार ७  देखि ८ हजार एमालेका मतदाता बढेको दावी गरेका छन्।

साथै रायमाझीले अहिले बिपक्षि पांच दलीय गठबन्धन का साथिभाइहरु एमाले देखि अथालिएका छन्,अर्घामा कुखुराका चल्ला र बाख्रा बाडेर केहिँ नहुने बताए।अर्घाखाँचीको समग्र बिकास कम्युनिष्ट पार्टीले  मात्र गरेको मन्तव्य मा बताएका छन्।अबको विकास ढोरपाटन मोटर बाटो सम्पन्न गर्ने र मदन भण्डारी सडक साथै खाँचीकोट नुवाकोट ,अर्घा हुँदै राईखन्ने जोड्ने सडक छिट्टै बिस्तार हुने बताएका छन्। 

 माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले छोरीलाई मेयर पदमा जिताउँन जनतालाई चितवनमा धम्काए मतदातालाई धमक्याउँने जमाना हराए एमाले देशकै नम्बर एक पार्टी हो ,एमालेमा धेरै जनआधार रहेको रायमाझीले मनतव्यमा उपस्थित जनसमुदायलाई बताएका छन्। 

साथै रायमाझीले हामि यहि छौ तपाइँ कहा हुनुहुन्छ भन्दै माओबादी केन्द्रका नेताहरुलाई प्रश्न गरेका छन् ? साथि हरु कम्युनिष्ट को भोटले जित्ने तर नेपाली कांग्रेश को पुच्छर बन्न पुगेको आरोप लगाए। बिपक्षि दुश्मन पार्टी संग हाम्रा कम्युनिष्ट का साथिहरु देउवालाई प्रधानमंत्री बनाउँन पुग्नु भो उँहा हरुले ठुलो गल्ति गर्नु भो पार्टी परिवर्तन गर्दै हिड्नु भो उहाँहरु अवसरबादी नेता रहेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्