बाँगीमा राष्ट्रसेवक कर्मचारी द्वारा योगेन्द्र चौहानलाई निर्घात कुटपिट: उजुरी दिंदा सम्म प्रहरीले दोषीलाई पक्राउ गरेन

| २०७९ जेठ ६ गते १३: ०० मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -९ अर्घाको खाडा जन्म घर भई हाल सन्धिखर्क २ को चुत्रावेसी कज्वे नजिकै व्यवसायी गर्दै आईरहेका युवा व्यवसायी योगेन्द्र चौहानलाई मालारानीको बाँगीमा सरकारी कर्मचारीहरुले सांघेतिक हमला गरेका छन्। 

स्थानीय तहको निर्वाचन हुनु अघि बैशाख २८ गते साँझ करिब ८ बजे सन्धिखर्क देखि मालारानी ५ को बाँगीमा रहनुहुने आफ्नी दिदीलाई भेटघाट गर्न जाने क्रममा बाँगीको औखोर  ३०/४० जनाको जथ्थाले एक्कासि लाठि ,भाटाले हमाला गरेको र हमला मा योगेन्द्र चौहानको बायाँ हात भाच्चिएको चौहानले आज डायमण्ड होटेलको एक पत्रकार सम्मेलनमा बताएका छन्। 

युवा व्यवसायी  तथा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट  पार्टी  अर्घाखाँचीमा पुर्व महासचिव समेत रहेका योगेन्द्र चौहानलाई साङ्घेतिक आक्रमण गर्ने समुहका मुख्य नाईके मालारानी गाउँपालिकाका इन्जीनियर हरिशचन्द्र पाण्डे रहेको र उनि संगै साङ्घेतिक हमलामा संग्लन शिक्षक (सरकारी जागिरे) रमेश खनाल, व्यवसायी केशब खडका ,शिक्षक (सरकारी जागिरे) मुनाल खड्का  रहेको उनले पत्रकार सम्मेलनमा बताएका छन्। 

आफु स्वतन्त्र रहँदा पनि राजनीतिक पार्टीका सदस्य हरु ,राष्ट्र सेवकहरु बाट आफु निर्घात रुपमा कुटीदां यस देशमा सामान्य ब्याक्तिको हैसियतले बाच्ने कुनै सुरक्षा नरहेको बताए। आफु बैशाख २८ गते साँझ संघेतिक हमलामा परेपछि आफुलाई निर्घात कुटपिट गर्ने , ना'इ'के हरिशचन्द्र पाण्डेको समुहलाई तुरुन्तै पक्राउ गरि दोषीलाई कानुनि रुपमा कारबाही गरि पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिंदा सम्म पनि घटना घटेको ८ दिन सम्म दोषीलाई पक्राउ गर्न न सक्नु ,यो कस्तो प्रशासन? देशमा कानुन सम्वद र एक साधारण ब्याक्तिले अन्यान मा परेको बेला न्याय पाउँनु पर्छ भने खै त म माथि ज्यान मार्ने उदेश्यले हमला गर्ने दोषी हरुलाई प्रहरीले कानुनि दायरमा लिएको ? चौहानले प्रशासन माथि पनि एक प्रश्न चिन्ह खडा गरेका छन्। 

चौहानले पत्रकार सम्मेंलनमा बोल्दै हरिशचन्द्र पाण्डेको समुहले बाँगीको आरुखोरमा आफुलाई देखे पछि एक शब्द केहि न बोलि एक्कासि भाटा र रडले टाउकोमा हिर्काउँदै बायाँ हात फ्याक्चर (भाच्चिने) गरि कुटपिट गरेको र राजनीतिक आडमा चौहानलाई  यस्तै घाइते अवस्थामा अपहरण गरेर बन्दक बनाउँने र चुनाब पछि मात्र छोड्ने सम्म योजना बनाएको चौहानको आरोप रहेको छ। 

आक्रमणमा चौहानको एक सुनको सिख्री ,र एक औंठी समेत हराएको सम्मेलन मा बताएका छन्। आफुलाई ज्यान मार्ने योजनाले साङ्घेटिक हमला गर्ने हरिशचन्द्र पाण्डेको समूहलाई जिल्ला प्रहरी कार्यालयले यथा सिघ्र पक्राउ गरी कानुनको दायराम न लिएमा आफुले पुन: एक पटक पत्रकार सम्मेलन गर्ने र त्यस पछि पनि दोषी पक्राउ न गरीएमा आफुले आफ्नै तवरले दोषी विरुद्व प्रतिबाद गर्ने ,प्रतिबाद पछिको जिम्मा सम्बन्धित निकायले लिनु पर्ने उनले बताएका छन्। 

आफुलाई हमला गर्ने समुह संग आफ्नो कुनै ब्याक्तिगत प्रतिशोध न भएको र उनि आफ्नै गाउँका कोहि- नाता कोहि दाजु भाई पर्ने उनले बताए।राष्ट्रसेवक कर्मचारीले एक स्वतन्त्र ब्याक्ति बाटोमा हिडिरहेको बेला साङ्घेतिक हमला गर्ने यो कस्तो राज्य ? आफु जन्मेको ठाउँमा जान न पाउने यो कस्तो कानुन या नियम ?अर्घाको मान्छे तँ किन मालारानीको बाँगीमा आईस भनेर मलाई निर्घात कुटपिट गर्ने कारण के ? यस गम्भीर बिषयमा दोषीलाई तुरुन्तै पक्राउ गरि कानुनि रुपमा हदसम्म कारबाही गर्न उनले पत्रकार सम्मेलन सामु माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्