सन्धिखर्कमा नि:शुल्क मोतिया विन्दुको शल्यक्रिया

| २०७९ जेठ ९ गते २१: ४७ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा निशुल्क मोतिया विन्दुको शल्यक्रिया शिविर शुरु भएको छ । 

अर्घाखाँची दिगो विकास केन्द्र र ग्लोबल मेडिकल फाउन्डेसन अष्ट्रेलियाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ अर्घाखाँची आखा उपचार केन्द्र र रोटरी क्लबको सहजीकरणमा निशुल्क मोतिया विन्दुको शल्यक्रिया शिविर शुरु भएको हो । 

डाक्टर मुक्ति श्रेष्ठ र डाक्टर जयबहादुर टण्डनको विशेष पहलमा शुरु भएको शिविर २ दिन सम्म चल्नेछ । शिविरको उद्द्धाटन समारोहमा जिल्ला समनवय समितिका प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी  शशी घिमिरे , डाक्टर मुक्ति श्रेष्ठ , डाक्टर जयबहादुर टण्डन लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा, जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर राजेन्द्र जिसि, अर्घाखाँची आखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरे, सन्धिखर्क नगरपालिकाका पुर्ब नगर उप प्रमुख ठाकुर बिक, वडा नम्वर १ का वडा अध्यक्ष माधब श्रेष्ठ लगायतकाे उपस्थित रहेको  थियो । 

शिविरको उद्घाटन समारोह नेपाल नेत्र ज्योती संघ अर्घाखाँचीका अध्यक्ष दल बहादुर केसीको अध्यक्षता, लिलाराम गौतमको स्वागत मन्तब्य र गोपाल पन्थीको सञ्चालनमा सम्पन्न भएको हो । 

डाक्टर मुक्ति श्रेष्ठ र डाक्टर जय बहादुर टण्डनको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले यस अघि पनि  श्वास प्रश्वास प्रकृयामा अक्सिजनको कमीबाट हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेको थियो । 

जिल्ला अस्पताल सन्धिखर्क, सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी, मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भुमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनि गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी र पटौटी स्वास्थ्य चौकीमा एक एक वटा कन्सल्ट्रेटर मेसिन सहित स्वास्थ्य सामाग्री प्रदान गरेको अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डाक्टर जयबहादुर टण्डनले बताए । अर्घा, खिल्जी, अड्गुरी, पाली र पटौटी स्वास्थ्य चौकीमा कन्सल्ट्रेटर मेसिन सहित पल्स अक्सिजन मिटर तथा मास्कहरु प्रदान गरिएको अध्यक्ष टण्डनको भनाइ छ । 

आफूहरुले विभिन्न सहयोगी हातहरुसँगको सहकार्यमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोभिड तथा अन्य महामारीबाट बच्न विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष डाक्टर मुक्ति श्रेष्ठले बताएका छन् । डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा समेत विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्