नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा दिनहु बढदो महङ्गी कालोबजारीको विरुद्धमा राका जुलुस

| २०७९ जेठ ९ गते २१: ५६ मा प्रकाशित

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा दिनहु बढदो महङ्गी कालोबजारीको विरुद्धमा राका जुलुस निकालेको  छ । 

कोणसभा सम्बोधन गर्दै संगठनका जिल्ला अध्यक्ष पदम नेपालले यो दलाल संसदिय व्यबस्थाले जसरी जनताको आखामा छाहारो हालेर महङ्गी बढाएको छ । यसको विरुद्धमा हामी निरन्तर आवाज उठाउने भन्दै,महङ्गी सबै नेपालीको ढाड सेक्ने गरी जसरी मुल्य बढाएको छ यसको विरुद्धमा कडा संघर्ष गर्ने बताउनु भएको छ । 

कार्यक्रम बोल्दै आज राका जुलुस मात्र होइन भोलि सिडियो कार्यालय घेराउ गर्न बाध्यता नबनाइयोस भन्दै कोणसभा गर्दै सम्पन्न भएको थियो उक्त नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले दिनहु बढदो महङ्गी कालोबजारीको विरुद्धमा राका जुलुस निकालेको छ । उक्त कार्यक्रम मसल बजार चोक देखि चुत्रावेशिको भक्ति टोल सम्म गइ सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्