अनेरास्ववियु पाणिनी बहुमुखी क्याम्पस कमिटीद्वारा मूल्यवृद्धि विरुद्ध आन्दोलन

| २०७९ जेठ १० गते १५: ३८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि गरेपछि अर्घाखाँची जिल्लामा अनेरास्ववियु पाणिनी बहुमुखी क्याम्पस कमिटीयसको चर्को विरोध गरेको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु पाणिनी बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोध गरेका छ्न । विरोध र्याली पाणिनी क्याम्पस हुँदै बजार करिब ८०० मिटर परिक्रमा गरेको थियो ।

अनेरास्ववियुका युवा नेता अर्जुन खनालले भने सरकार जनता मारा हुनु हुदैन हामी सरकारलाई जोडदार माग गर्दछौं-आमनागरिकको दैनिकीलाई सजिलो बनाऊ । तत्काल मूल्यवृद्धि फिर्ता गर संकट समाधानका लागि विकल्प खोज्नुपर्ने बेला एकपछि अर्को गर्दै भइरहेको मूल्यवृद्धिले सरकारको असली अनुहार देखाएको बताए ।

अनेरास्ववियु केन्द्रिय सदस्य अर्जुन खनालको उपस्थितिमा अनेरास्ववियु अर्घाखाँची अध्यक्ष ,पणिनिका नेता,जिल्ला कमिटी सदस्य र विद्यार्थीको विशेष उपस्थित सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्