सन्धिखर्क १० मा जनप्रतिनिधिको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

| २०७९ जेठ ११ गते १८: ५४ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा वडाका नव निर्वाचित जनप्रतिनिधिको स्वागत तथा निवर्तमान जनप्रतिनिधिको विदाई कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष माेहनसिंह ठकुरी , सदस्यहरु इश्वरी प्रसाद मरासिनी , हरिलाल पराजुली, सरस्वता क्षेत्री , तारा सुनारलाई स्वागत गरिएको थियोे । 

निबर्तमान वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, सदस्यहरु ऋषिकेष भुसाल , भेसराज क्षेत्री , चमकला भुसाल , शान्ता नेपालीलाई विदाई गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष माेहनसिंह ठकुरी , निवर्तमान वडा अध्यक्ष लक्ष्मीनारायण चुदाँली, नेपाली कांग्रेसका नेता भेसबहादुर विसि, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, वडा कार्यलयका कम्प्युटर अपरेटर कृष्णा भुसाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रममा नेकपा एमालेका ईन्द्रबहादुर बिक, माअाेवादीका ईन्दिरा हमाल, राष्ट्रिय जनमाेर्चाका रुद्रलाल पराजुली लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रम वडा सचिव विष्णुप्रसाद अाचार्यकाे अध्यक्षता र पशु प्राविधिक प्रदिप आचार्यकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्