क्यान्सर रोगी थापालाई अर्घाखाँची कोरिया सम्पर्क समिति द्वारा आर्थिक सहयोग

| २०७९ असार ६ गते २०: ०३ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

अर्घाखाँचीबाट रोजगारीमा गएकाहरुको साझा सस्था अर्घाखाँची कोरिया सम्पर्क समिति पहलमा संकलन भएको ८३ हजार रुपैया क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो ।

घरको आर्थिक अबस्था कमजोर भए पछि उपचारमा आर्थिक समस्या उत्पन्न भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहाकार बाबुराम आचार्यको संयोजकतवमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो । आचार्यको पहलमा कोरियामा संकलन भएको ८३ हजार रुपैया नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले थापाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

क्यान्सर रोगी थापाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्