नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको सदस्यमा केसी सर्वसम्मत चयन

| २०७९ असार १२ गते १६: ४३ मा प्रकाशित

अर्घाखाँची जिल्लाको सन्धिखर्क २, चुत्रावेसीमा रहेको जनज्योति माविमा कार्यरत भौतिक विज्ञान शिक्षक सन्तोष कुमार केसी नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेश कार्य समितिको सदस्यमा पुनःदोस्रो कार्यकालकोलागि सर्वसम्मत चयन भएका छन । सनिवार अनलाइन मार्फत भएको नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनवाट केसी दोस्रो कार्यकालको लागि सदस्य पदमा सर्वसम्मत चयन भएका हुन ।

अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थिको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह–सचिवमा चुडामणी रजौरे,कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरूमा सन्तोष कुमार के सी ,अनिष चौधरी,धर्मबन्धु पौडेल,नरेश आचार्य,शान्ता शर्मा र शिशिर अधिकारी रहनु भएको छ ।

नेपाल भौतिक विज्ञान समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. निलम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल भौतिक विज्ञान समाजका निवर्तमान अध्यक्ष प्रा.डा.नारायण प्रसाद चापागाँईं ,वुटवल, बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपाने, नेपाल भौतिक विज्ञान समाजका निःबर्तमान सचिव डा.गोपि चन्द्र काफ्ले, डा.हरिशंकर मल्लिक लगायत लुम्बिनी प्रदेश भित्र रहेका भौतिक शास्त्रिहरुको उपस्थिति रहेको थियो ।

उदघाटन समारोह नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेशका अध्यक्ष प्रा.डा. अनन्त पन्थिको अध्यक्षता,उपाध्यक्ष डा.वेदराज केसीको स्वागत मन्तव्य र सचिव लक्ष्मीनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्