डायनामिक पब्लिक लाइब्रेरी (DPL) शाखा अर्घाखाँचीले ११ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँने

| २०७९ असार १२ गते २०: ३६ मा प्रकाशित

सन्धिखर्क। डायनामिक पब्लिक लाइब्रेरी Dynamic public library (Dpl) शाखा अर्घाखाँचीले ११ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँने भएकाे छ । 

सन्धिखर्कमा बसेकाे पहिलाेे  बैठकले १४ गते विहान ६ बजे देखि ८ बजे सम्म शान्तिबगैंचामा पुस्तक पढने र ८ बजे निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई ग्यासकाे चुलाे प्रदान गर्ने र साे विद्यालयमा अध्ययन गर्ने फरक क्षमताका विद्यार्थीहरूलाई फलफुल र मिठाइ वितरण गरी स्थापना दिवस मनाउने निर्णय गरेकाे हाे ।

 शाखाका अध्यक्ष अर्जुन भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकारहरू विजुला रायमाझी र हृदय भुसालकाे आतिथ्यता थियाे ।

प्रतिक्रिया दिनुहोस्