अर्घामा टिमुर खेतीको सुरुवात : ३ हजार बिरुवा रोपियो

| २०७९ असार १६ गते १९: ४३ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा  मा टिमुर खेती सुरु गरिएको छ। 

 टिमुर खेती 

सन्धिखर्क नगरपालिका र शहरी बिकास प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को संयुक्त पहल मा आयोजना गरियो सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को रातापोख्रा ,देउमाडी एरिया मा टिमुर खेति का कार्यक्रम वडा अध्यक्ष  पदम बहादुर भुसाल प्रमुख अथिती सन्धिखर्क नगरपाली का कि उपप्रमुख मिश्रा आचार्य, संयोजक जीव नारायण आचार्य ,कृषि शाखा अधिकृत राजेन्द्र भट्टराई,प्रधानमन्त्री स्वरोजगार का प्रमुख हिरामणी पराजुली ,स.न.पा ९ का वडा सदस्यहरु लगायतका गाउँ का भद्र ब्याक्ती को उपस्थिति मा टिमुरका बिरुवा रोप्ने कार्य सम्पन्न भएको हो। 

 टिमुरका बिरुवा रोप्ने कार्य सम्पन्न 

कार्यक्रम को उद्घाटन सन्धिखर्क नगरपालीका उपप्रमुख मिश्रा आचार्य ले टिमुर रोपेर गरेकी हुन्। अर्घाको देउमाडी रातापोख्रा एरिया मा ३०००( तीन हजार ) टिमुर बिरुवा रोपेर स.न.पा ९ लाई आत्म निर्भर हुने उप मेयर मिश्रा आचार्य ले जानकारी गराउनु भयो। 

प्रतिक्रिया दिनुहोस्