नेपाल खेलकुद महासंघ अर्घाखाँची को पदाधिकारी बैठक सम्पन्न : पुर्ण बैठक श्रावण २१ गते हुने

| २०७९ सावन ३ गते १४: ५५ मा प्रकाशित

सागर मरासिनी,सन्धिखर्क।
श्रावण ३ -नेकपा एमाले को जनसंगठन नेपाल खेलकुद महासंघ अर्घाखाँची को पदाधिकारी बैठक आज मदन आश्रीत स्मृति भवनमा सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासंघ अर्घाखाँची का अध्यक्ष हेनरी बस्नेत को अध्यक्षता मा बसेको बैठक ले आगामी श्रावण २१ गते महासंघको जिल्ला पुर्ण बैठक गर्ने निर्णय गरेको छ ।  बैठकमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल , नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य बिष्णु परियार , महासंघ प्रदेश सह-सचिव ऋषिकेश भट्टराई को समेत उपस्थिति रहेको थियो ।
  
बैठक नेपाल खेलकुद महासंघ अर्घाखाँची का सचिव सागर मरासिनी को संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्