अर्घाखाँचीमा नेता टोपबहादुर रायमाझीले ६ अर्ब भन्दा धेरै बजेट भित्र्याएको खुलासा

| २०७९ सावन ४ गते २१: ५५ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची।नेकपा एमाले पाटी केन्द्रीय सचिव तथा तत्कालीन उर्जा मन्त्री टाेप बहादुर रायमाझीले जिल्ला भित्र ६ अर्ब भन्दा धेरै भित्र्याएको बताएका छ्न ।

जिल्लामै ४ वटा सबस्टेसन , मोटर बाटो, विधुत धोरपाटन , गोरुसिङ्गे -सन्धिखर्क , सन्धिखर्क – भणडार मोटर बाटो , नौलापानी झलुङ्गे पुल देउराली झलुङ्गेपुला लगाएको क्षेत्रमा ६ अर्ब भन्दा धेरैको बजेट भित्र्याएको बताएका थिए।

संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटन विस्तार महत्वका साथ यसको विकासलाई प्राथमिकताको सूचीमा राखेको बताएका थिए । देउरालीमा होमस्टे बनाएर आर्थिक वृद्धि गराउने काम पर्यटनले गर्ने बताए ।धार्मिक एवं सांस्कृतिक महत्वको व्याख्या गर्दै जिल्ला लाई आर्थिक हिसाबले पनि बलियो बनाउने बताएका थिए । जिल्लामा अहिले संतोषजनक बजेट नपरेको बताएका हुन ।

प्रेस चौतारी जिल्ला शाखाले भेटघाट कार्यक्रममा नेता रायमाझीले आफुले भन्दा धेरै कुनै नेताले बजेट भित्र्याएको भए आफू राजनीतिबाट सन्यास लिने समेत बताए ।

यस्तै नेकपा एमाले नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पिताम्बर भुसालले प्रेस राज्यको चौधौं अंग भएकोले सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्