पत्रकार सत्यतथ्य खोज अनुसन्धान गर्ने विज्ञान हुन : रायमाझी

| २०७९ सावन ५ गते २१: १२ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।प्रेस चौतारी अर्घाखाँची द्वारा आयोजित तीनदिने आधारभूत पत्रकारिता तालिमको उद्घाटनमा बोल्दै नेता टोपबहादुर रायमाझीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिए । मुलुकमा विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छ्न । अबको पत्रकारिता सत्यतथ्य खोज अनुसन्धानका लागि हुनुपर्ने बताए । उनले भने पत्रकार सत्यतथ्य खोज अनुसन्धान गर्ने विज्ञान हुन । एनिहाउ गठबंधन बचाउ हो भाग भन्डा मिलाउने तयारी भएको बताए । सत्य के हो लेख्ने बुझाउने पत्रकारको दायित्व भएको बताए । नेता रायमाझीले जिल्लाको विकासका बारे समेत प्रकाश पारेका थिए ।
 
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे,नेकपा एमाले जिल्ला सचीव तोज ब. रायमाझी , नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसाल ,सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ , एमाले जिल्ला कार्यालय सचिव लिल बहादुर बिक लगाएत को उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्