सन्धिखर्कमा हाइस दुर्घटना हुँदा गोठको छानोमा पुग्यो

| २०७९ सावन १३ गते १६: ३१ मा प्रकाशित

कमला घिमिरे,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ वृतिमा हाईस दुर्घटना मा परेको छ। 

ख.६६८२ नम्बरको हाईस आज बिहान ढोरपाटन सडक खण्डमा दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको खबर प्राप्त भएको छ। 

हाईस गोठको छानोमा अड्किएको अवस्थामा रहेको छ। गोठ माथि हाईस पुग्दा गोठमा भैतिक क्षति हुन् पुगेको उक् स्थानका स्थानीय हरुले बताएका छन्। 

हाईस चालकले बताए अनुसार ,हाईस का स- चालकले गाडी सफा गर्छु भनेर आफु संग चावी लिएको र हाईस सफा नगरी आफुलाई छलेर ढोरपाटन सडक तर्फ हाईस लगेको कारण दुर्घटना हुन् पुगेको जानकारी दिएका छन्। 

हाईस दुर्घटना पछि स - चालक हाईस को चावी हाईसमै छाडेर दुर्घटना स्थल बाट फरार रहेको खबर प्राप्त भएको छ। दुर्घटना हुने हाईस देउराली यातायात प्रालिको रहेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्