विप्लवलाई संसदवाद र क्रान्तिकारी माक्र्सवाद भनेको के हो भन्ने कुरा थाहै छैन: धर्मेन्द्र बास्तोला

| २०७९ सावन १६ गते १६: ४० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।नेपाल कम्युनिष्ट पार्टी बहुमतका केन्द्रिय संयोजक धर्मेन्द्र बास्तोला (कन्चन) ले नेत्र विक्रम चन्द (विप्लव)लाई संसदवाद र क्रान्तिकारी माक्र्सवाद भनेको केहो भन्ने कुरा थाहै नभएको बताउनु भएको छ ।

आईतवार जनपत्रकार संगठन नेपाल अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बास्तोलाले यस्तो बताउनुभएको हो । बास्तोलाले संसदवाद र क्रान्तिकारी माक्र्सवाद भनेको केहो भन्ने कुरा विप्लवलाई थाहै नभएको भन्दै बिप्लवले चामल र बियाँ छुट्टाउन समेत नसक्ने दाबि गर्नुभयो ।

बिप्लवले पार्टीको विधि विधानलाई छाडेर सत्ताको पछि लागेका कारण पार्टी विभाजन भएको भन्दै बास्तोलाले पार्टीको केन्द्रिय कमिटि बैठकमा चुनावमा जाने बिषयमा विप्लव अल्पमतमा परेको बताउनुभयो । चुनाबमा भाग लिनु विप्लवले संसदिय व्यवस्थाप्रतिको आत्म सर्मपण गरेको उहाँको भनाई रहेको छ ।

एक फरक प्रसंगमा बास्तोलाले सबै समस्याको निकासकालागी देशमा स्वाधिन संयुक्त सरकारको आवश्यकता रहेको बताउदै जननिर्वाचित कार्यकारी राष्ट्रपति बनाउनुपर्ने, सांसदबाट मन्त्री नबनाइ विज्ञ व्यक्तिलाईमात्रै मन्त्री बनाउनुपर्ने र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जनताबाटै निर्वाचित हुनुपर्ने आफ्नो पार्टीको कार्यदिसा रहेको बताउनुभयो । संयोजक बास्तोलाले आफ्नो पार्टी जहिलेपनि बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको समेत प्रष्ट पार्नुभयो । बास्तोलाले नेपाल युक्रेन बन्ने खतरा आईसकेकोले राष्ट्रको स्वाभिमान बचाईराख्न सबै नेपालीहरु एकजुटहुनुपर्नेमा जोड दिनुभयो । सरकारले एमसिसिलाई बल मिचाई ढंगले पारीत गरेको उहाँको आरोप रहेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बहुमत केन्द्रीय सदस्य शित्तल,कपिलवस्तु–अर्घाखाँची ईन्चार्ज शेरमान, पार्टीका जिल्ला शेक्रेटरी नवीन खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका केन्द्रीय सदस्य अनिल नेपालीको अध्यक्षता र जिल्ला अध्यक्ष अयन विकको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्