जिल्ला प्रशासन कार्यालय अर्घाखाँची कार्यसम्पादन मूल्यांकनका आधारमा देशभरमै दोस्रो नम्वरमा

| २०७९ सावन २० गते १७: २० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।जिल्ला प्रशासन कार्यालय अर्घाखाँची कार्यसम्पादन मूल्यांकनका आधारमा देशभरमै दोस्रो नम्वरमा परेको छ । 

गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हेर्दा अर्घाखाँची दोस्रो नम्बरमा परेको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो नम्बरमा परेको हो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्योटलगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा दोस्रो नम्वरमा परेको प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेले जानकारी दिनुभयो । कार्यसम्पादन मूल्यांकनमा ९७.७५ प्रतिशत अंकसहित गुल्मी जिल्ला प्रशासन देशभरीको पहिलो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्