उपभोक्तालाई सहकारी कर्मिको सुझावः कुनैपनि प्रकारको ऋण लिएर पाएँ त खाँए नगर्नुस्

| २०७९ सावन २२ गते १५: २० मा प्रकाशित

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।कुनैपनि प्रकारको ऋण लिएर पाएँ त खाँए नगर्न सहकारी कर्मिले उपभोक्तालाई सुझाव दिएका छन् । 

नेपाली समाजमा ऋण काढेर ल्याएको पैसापनि पौरखले कमाएको जसरी फजुल खर्च गर्ने गलत प्रवृति हावी हुँदै गएकोले त्यसो नगर्न उनिहरुले सुझाव दिएका हुन् । त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको आज सन्धिखर्कमा सम्पन्न दोस्रो बिस्तारित बैठकमा धारणा राख्ने सहकारी कर्मिहरुले यस्तो बताएका हुन् । ऋण ल्याएर घर खर्च चलाउने नभइ उत्पादनको क्षेत्रमा लगानी गर्ने जसबाट आएको मुनाफाले घर खर्च चलाउने बानी बसाल्नुपर्नेमा उनिहरुको सुझाव छ । 

अनुत्पादक ऋण ल्याएर बिना योजना खर्च गर्ने र तिर्न नसकेर गुमनाम हुने स्थिति बढ्दै गएकोले यसको न्युनिकरणमा सबैपक्ष जिम्मेवार हुनुपर्नेमा उनिहरुको जोड छ । मुलुकको आर्थिक स्थिति नाजुक भएको प्रति चिन्ता व्यक्त गर्दै उनिहरुले नेपालका हरेक नागरिक उत्पादनसंग जोडिनुपर्ने जिकिर गरेका छन् । त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र सचिव नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यालय प्रमुख तुल्सीराम खनालले सहजीकरण गर्नुभएको थियो ।

 त्रिवेणी सहकारीले आसन्न भदौ ४ गते सन्धिखर्कमा महिला बिशेष कार्यक्रम गर्ने, उत्पादक र अनुत्पादक गरि ऋणको बर्गिकरण गरि कर्जा बितरण गर्ने,सेयर सदस्य थप गर्ने,बचतका प्रकारलाई थप गर्ने,सेवाप्रवाहलाई सहज बनाउन प्रविधिसंग जोड्दै जाने,सहकारी शिक्षा कार्यक्रम,तालिम र  बिभिन्न सामाजिक कार्यलाई पनि निरन्तरता दिंदै जाने निर्णय गरेको छ । हाल ८ सय ६५ जना सेयर सदस्य र १४ करोड ८९ लाख कुल पूंजी रहेको यस सहकारी जिल्लामै उत्कृष्ट संस्थाको रुपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्