अर्घाखाँची चेम्बर अफ कमर्शद्वारा अर्घाखाँची जिल्लाका विभिन्न कार्यालयमा सरुवा भइ आएका कार्यालय प्रमुखहरु लाई स्वागत

| २०७९ भदौ १ गते १२: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।अर्घाखाँची चेम्बर अफ कमर्शले जिल्ला स्थित विभिन्न कार्यालयको प्रमुखमा सरुवा भइ आएका कार्यालय प्रमुख हरु लाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ चेम्बरले भुमिकास्थान नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल , अर्घाखाँची अस्पतालका प्रमुख जगन्नाथ तिवारी , नेपाली सेना स्थित इस्वरी बक्सगुल्मका गुल्मपती   मेजर बासुदेब पङेनी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल , सशस्त्र प्रहरी बल ३६ न. गुल्मका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ लगायतका प्रमुखहरु लाई स्वागत गरेको हो।

 स्वागत  तथा  परिचयात्म कार्यक्रममा  मन्तव्य राख्दै कार्यालय प्रमुख हरुले के के भने  सबै सेवाग्राही लाई केन्द्र बिन्दुमा राखेर काम गर्छु  प्रमुख प्रशासकीय अधिकृत - नारायण पोख्रेल भुमिकास्थान नगरपालिका अस्पतालको भौतिक संरचना निर्माण गरि  विशेषज्ञ टिम ल्याउने मेरो पहिलो प्राथमिक रहने छ -डा. जगन्नाथ तिवारी अर्घाखाँची अस्पताल प्रमुख प्रकृति र सस्कृतीको संरक्षण  तथा  जगेर्ना  गर्नुका साथै बिपतको बेला सैनिक नागरिक सम्बन्ध पारिबारिक जस्तो भइ सग सगै रहने नेपाली सेनाको पहिलो प्राथमिकता हुने छ -बासुदेब पङेनी  गुल्मपति इस्वरीबक्स गुल्म नेपाल प्रहरी सबै सग समन्वय  सम्बाद तथा सहकार्य गरेर अघि बढ्छ ,नागरिकको सेवामा निस्पक्ष  भइ पीडित लाई राहत र अपराधी लाई कानुनको दायरामा ल्याउछु   - मुकुन्द रिजाल  प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ।
 
शुरक्षा संग जोडिने नबिनतम बिषयमा ,नागरिकको साथ सुझाव  र सल्लाहका साथ अगाडि बढ्दै जिल्लाको शान्ति शुरक्षा लाई उच्चतम बनाउन कुनै कसुर बाकी राख्ने छैन - संगम श्रेष्ठ सशस्त्र प्रहरी नायब उपरीक्षक ३६ न. गुल्म।

कार्यक्रममा चेम्बर अफ कमर्सका प्रदेश सदस्य सुकदेब बेल्बासे ,होटल ब्याबसायी संघ अर्घाखाँचीका अध्यक्ष खेतुलाल शर्मा , सुनचाँदी ब्याबसायीका अध्यक्ष टोपलाल बलाल , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल कोषाअध्यक्ष रुद्रमणि भुसाल चेम्बर अफ कमर्श का पदाधिकारी तथा सदस्य हरुको उपस्थित रहेको थियो ।

कार्यक्रम चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता तथा  चेम्बर  प्रबक्ता हरि भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्