जिल्ला प्रशासन कार्यालय अर्घाखाँची बाट अब दैनिक १ सय भन्दा बढि राष्ट्रिय परिचय पत्र बन्ने

| २०७९ भदौ १ गते १७: १० मा प्रकाशित

सहयोगी बि.सि/पारस भट्टराई। अर्घाखाँची जिल्लामा स्थानीय निकायको निर्वाचन पछि राष्ट्रिय परिचय पत्र बनाउने ब्यक्ति हरुको चापलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले  एक राष्ट्रिय परिचय पत्र बनाउने क्यामरा  थप गरेको छ।

यो भन्दा पहिला सरदर दैनिक ५५–६० राष्ट्रिय परिचय पत्र बन्दै आएकोमा अब  दैनिक १ सय २० वटा सम्म  बन्ने अनुमान गरिएको छ।
  
नयाँ पासपोर्ट बनाउने,पासपोर्ट रिन्यु गर्ने र बिदेश जानेको निम्ति राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएकोले सेवाग्राही हरुले सास्ती भोग्नु परेको थियो। 

त्यही समस्यालाई ध्यानमा राखी जिल्ला समन्वय प्रमुखको अनुरोध लाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा ताकेता गरेपछि  स्टेशन थप गरिएको हो।

वास्तविक आबश्यक पर्ने भन्दा अन्य ब्यक्ति समेतले फारम भर्दा समस्या भएको थियो।
 
स्टेशनबाट आगामी दिनमा पहिला फर्म भरेका व्यक्तिको परिचय पत्र बन्दा साथ दैनिकनै  नयाँ परिचय पत्र बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्