सन्धिखर्कमा बिभिन्न राजनीतिक दलका प्रतिनीधीहरु सँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ भदौ ५ गते १७: २२ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क।आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजाल र अर्घाखाँची जिल्लामा रहेका बिभिन्न राजनीतिक दलका पदाधिकारीहरु,प्रतिनीधीहरु सँग परिचय कार्यक्रम  भएको थियो। 

 साथै अर्घाखाँची जिल्लाको समग्र शान्ती सुरक्षाको वर्तमान अवस्था, आसन्न प्रदेश सभा सदस्य तथा संघिय निर्वाचनलाई निष्पक्ष, भयरहित वाताबरणमा सम्पन्न गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो। 

उक्त कार्याक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलको सहजिकरणमा सम्पन्न भएको ।

प्रतिक्रिया दिनुहोस्