जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा सन्चारकर्मिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ भदौ ८ गते १७: ४८ मा प्रकाशित

एसपी भूसाल ,सन्धिखर्क।जिल्ला अदालतको आयोजनामा सन्चारकर्मिसग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्खरै मात्र सरुवा भई आउनुभएका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा अदालतले हालसम्म सम्पन्न गरेका गतिविधी, गत आर्थिक वर्षमा सम्पन्न भएका मुद्दाहरू बैत्नी तनिक कानुन ब्यबसायीले प्रदान गर्ने सेवा सुबिधा सम्बन्धमा जानकारी  गराईएको थियो । कार्यक्रममा सन्चारकर्मिबाट उठेका जिज्ञासा, प्रश्नहरुको न्यायाधीश भट्टराईले जवाफ दिनुभएको थियो । 

कार्यक्रम जिल्ला अदालतका श्रेश्तेदार महेश खनालको सन्चालनमा सम्पन्न भएको अदालत का सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्