सन्धिखर्कमा आयुसा कृषि सुपर मार्टकाे शुभारम्भ

| २०७९ भदौ १२ गते १७: ५८ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका सभापति बाबुराम भुसाल र उहाँको जीवन संगिनी गिता भुसालले सन्धिखर्क १ काे साथी हाेटल भएको भवनमा सुपर मार्ट सञ्चालन गर्नुभएकाे हाे । 

सुपरमार्टमा किराना तथा गल्ला, तरकारी , फलफूल , तथा फेन्सी कपडाका सामाग्रीहरु राखिएको छ ।

सुपरमार्टकाे सन्धिखर्क नगरपालिकाका नगर  प्रमुख कृष्णप्रसाद श्रेष्ठले शुभारम्भ गर्नुभएको हाे । कार्यक्रममा  वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ , नेपाली कांग्रेस सन्धिखर्क ९ का सभापति नारायण खत्री लगायतको उपस्थिति रहेको थियोे ।

सुपरमार्टमा आफ्नै  कृषि फर्ममा उत्पादन गरेका तरकारी तथा फलफूलहरु बिक्री वितरण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्