कर्मचारी मिलनकेन्द्र अर्घाखाँची द्वारा विभिन्न कार्यक्रमको आयोजना गरि निजामती सेवा दिवस मनाइदै

| २०७९ भदौ १९ गते १४: ५५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन भन्ने मुलनाराका साथ १७ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि अर्घाखाँचीमा पनि मनाइदै छ कोबिड १९ को  कारण सरकारले यस् पटक कुनै औपचारिक कार्यक्रम नगरेता पनि भौतिक दुरि र न्युनतम स्वास्थ मापदण्ड प्रयोग गरि दिवस मनाउन थालिएको छ निजामती सेवा एेन जारि भएको दिनको सम्झनामा २०६१ साल देखी भाद्र २२ गते निजामती सेवा दिवस मनाइने गरिएको छ ।
 
अर्घाखाँचीमा पनि  विभिन्न कार्यक्रमका बिच यो दिवस मनाउन थालिएको छ कर्मचारी मिलनकेन्द्र अर्घाखाँचीका अनुसार  मैत्रीपुर्ण ब्याड्मिन्ट्न  प्रतियोगिता , चेसखेल प्रतियोगिता, कर्मचारी जनप्रतिनिधि भर्सेज भलिबल प्रतियोगिता , सरसफाइ कार्यक्रम तथा रक्तदान कार्यक्रम हरु राखिएको कर्मचारी मिलनकेन्द्र  का अध्यक्ष सन्तोष खनालले जानकारी गराएका छ्न आज आयोजित ब्याड्मिन्टन खेलको शुभारम्भ अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बाट गरिएको थियो  हाल नेपालमा ८० हजार भन्दा बढी निजामती कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्