सन्धिखर्क ५ वाङ्ग्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण

| २०७९ भदौ २० गते १९: ४२ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। पर्यावरण संरक्षण सामुदायिक विकास केन्द्रकाे अायाेजनामा अर्घाखाँचीकाे सन्धिखर्क ५ वांगलामा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिनिधि सभाका उपसभामुख पुस्पा भुसालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै उपसभामुख भुसालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सबै लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्ब प्रमुख पिताम्बर शर्मा , वडा अध्यक्ष रिसब अधिकारी, वांगला गाविसका पुर्व गाविस सभापति भाेज बहादुर बस्नेत, महिला नेतृ जानका बन्जाडे, वडा सदस्यहरु कृष्ण भुसाल, तुल बहादुर घर्ती, बसन्ता मुखिया, साबित्रा बिक, चाेप नारायण श्रेष्ठ , पुर्व वडा अध्यक्ष राजेन्द्र भुसाल , वडा सचिव अनन्त मणि पाेख्रेल, उपसभामुखका स्वकीय सचिव सतिस भुसाल समाजसेवीहरु पद्मा भुसाल, हुम बहादुर घर्ती, मुक्तिराम भण्डारी, कुल चन्द्र भुसाल, कृष्णप्रसाद भुसाल, राम प्रसाद बन्जाडे लगायतकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रम सस्थाका अध्यक्ष हरिबहादुर खड्काको अध्यक्ष्ातामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्