पुर्व वडा अध्यक्ष तेज ब. थापाको दु:खद निधन: माओबादी केन्द्र अर्घाखाँचीले गुमायो होनहार नेता

| २०७९ भदौ २४ गते ०१: १९ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० साबिकको वडा नम्बर ७ का पुर्व वडा अध्यक्षको निधन भएको छ। 

सन्धिखर्क नगरपालिका वडा नम्बर - १० बेल्टारी निवासी पुर्व वडा अध्यक्ष,नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका सल्लाहकार,जिल्ला कमिटि सदस्य नेता तेजबहादुर थापाको २०७९ साल भाद्र २२ गते बुधवारको दिन ६७ बर्षको उमेरमा दु:खद निधन भएको हो। 

नेता थापा केहि दिन अघि मात्र काठमाण्डौको एक अस्पतालमा मुटुको भल्व सफल पुर्वक फेरबदल गरि उपचार पछि घर फर्किएका थिए ,तर बिडम्बना उनि काठमाण्डौ बाट घर फर्किएको अर्को दिन साँझ शौचालयमा ,शौच गर्नका लागि गएको बखत एक्कासि चक्कर आई लड्दा बेहोस अवस्थामा घरपरिवारले भेटेका थिए। नेता तेजबहादुर थापालाई बेहोस अवस्थामा भेटेपछि तुरुन्तै घरपरिवार र स्थानीय हरुले उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पुर्‍याईएका थिए तर अस्पतालका डाक्टरहरुले थापा को चेक जाँच गरेपछि मृ'त घोषणा गरिदिएको पिताम्बर थापाले बुलेटिनलाई जानकारी दिएका छन्। 

पुर्व वडा अध्यक्ष तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका सल्लाहकार,जिल्ला कमिटि सदस्य नेता तेजबहादुर थापाको असमाहिक निधनले समस्त बेल्टारी गाउँनै शोकमा डुबेको छ। 

नेता थापा जनयुद्व कालका एक निडर र अशल नेता मध्येका एक नेता मानिन्थे ,उनले जनयुद्व कालमा (२०५५/२०५६ )साल तिर महिनौ सम्म जेल जीवन बिताएका थिए। उनले अर्घाखाँची मा माओबादी केन्द्रलाई  पुर्‍याएको अतुलनिय योगदान जहिले अविस्मरणीय रहने युवा नेता राजेन्द्र भुसाल बताउनुहुन्छ। 

नेता थापाको निधन पछि माओबादी केन्द्रले एक होनहार ,अशल नेता गुमाएको छ ,यस दु:खद क्षण प्रति नेकपा (माओबादी केन्द्र )अर्घाखाँची स्तब्ध बनेको पार्टीले बताएको छ।  

प्रतिक्रिया दिनुहोस्