१६ औँ राष्ट्रिय मानव बेचबिखन दिवस तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न (तस्विर सहित)

| २०७९ भदौ २४ गते १३: २५ मा प्रकाशित

अम्बिका बेल्बासे,सन्धिखर्क।"सबै नगरवासीहरुको रहर ,सुन्दर र समृद्व नगर"  ' तिन तहको सरकार' मानव बेचबिखन विरुद्वको सरोकार भन्ने मूल नाराका साथ् १६ औँ राष्ट्रिय मानव बेचबिखन दिवस सन्धिखर्कमा सम्पन्न भएको छ। 

 १६ औँ राष्ट्रिय मानव बेचबिखन दिवस 

१६ औँ राष्ट्रिय मानव बेचबिखन विरुद्व दिवसको अवसरमा आयोजित स्थानीय महिला तहमा निर्वाचित महिला सदस्य तथा किशोरीहरु संगको अन्तरक्रिया कार्यक्रमको आयोजना सन्धिखर्क नगरपालिका ,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अर्घाखाँचीले गरेको थियो। 

अन्तरक्रिया कार्यक्रम

कार्यक्रममा सन्धिखर्क नगरपालिकाकी उप - प्रमुख श्री मिश्रा आचार्यकाे अध्यक्षता रहेको थियो भने कार्यक्रमको प्रमुख आथित्य नगर प्रमुख श्री कृष्ण प्रसाद श्रेष्ठकाे रहेको थियो।

नगर प्रमुख श्री कृष्ण प्रसाद श्रेष्ठ,उप - प्रमुख श्री मिश्रा आचार्य

१६ औँ राष्ट्रिय मानव बेचबिखन विरुद्व दिवसको कार्यक्रमका विशिष्ठ अतिथि निमित्त प्रमुख प्रशासकिय श्री नवराज गाैतम,जिल्ला अदालतका श्रेस्तेदार श्री महेश खनाल रहेको थिए। 

निमित्त प्रमुख प्रशासकिय श्री नवराज गाैतम

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक श्री कृष्ण प्रसाद घिमिरे र महेश खनालले कार्यक्रमको सहजीकरणगर्नु भएको थियो।

१६ औँ राष्ट्रिय मानव बेचबिखन दिवस सन्धिखर्कमा

अन्तरक्रिया कार्यक्रम स म वि नि श्री तुलसा श्रेष्ठ काे संचालनमा  र शाखा प्रमुख श्री बेल कुमारी परियारकाे स्वागत मन्तव्य पछि सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रम 
१६ औँ राष्ट्रिय मानव बेचबिखन दिवस
अन्तरक्रिया कार्यक्रम 

 

प्रतिक्रिया दिनुहोस्