अर्घामा अति गरिब घरपरिवारलाई बलाङ्केट(कम्बल) बितरण (तस्विर सहित)

| २०७९ भदौ २४ गते १४: ३१ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सहारा शान्ति सामुदायिक बिकास क्लब द्वारा सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घामा अति गरिब घरपरिवारलाई  बलाङ्केट (कम्बल)  बितरण गरेको  छ । 

सन्धिखर्क नगरपालिका ९ मा कम्बल  बितरण

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ९ मा रहेको द रेन्बो युथ क्लबको आयोजना र स.न.पा. १ को सहारा शान्ति सामुदायिक बिकास क्लब को  सहयोगमा अर्घा ९ मा अति गरिब घरपरिवार लाई बलाङ्केट बितरण गरेको क्लब ले जनाएको छ ।

अर्घामा कम्बल  बितरण

उक्त कार्यक्रम  उप सभामुख पुष्पा भुसाल,  को प्रमुख  अथित्यतामा भएको कार्यक्रममा वार्ड अध्यक्ष पदम बहादुर भुसाल सहारा शान्ति सामुदायिक बिकास क्लबका अध्यक्ष भरत मणि भट्टराई  उपसभामुख का स्वकीय सचिब  सतिस भुसाल लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

अर्घामा कम्बल  बितरण

प्रतिक्रिया दिनुहोस्