स्व. श्रीमती र स्व.नातिनीको सम्झनामा धनबहादुर खत्रीद्वारा एक बिधालयलाई १,००,५५५ रूपैंयाँ अक्षयकोष रकम उपलब्ध

| २०७९ भदौ २४ गते १८: ३७ मा प्रकाशित

कमला थापा,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ निवासी समाजसेवी व्याक्तित्व धनबहादुर खत्रीले श्री गौतम आधारभुत विद्यालयलाई अक्षयकोष रकम उपलब्ध गराउँनु भएको छ। 

 श्री गौतम आधारभुत विद्यालय

भाद्र २४ गते शुक्रबार एक कार्यकमका बीच सन्धिखर्क ८ को आँपखोलामा अवस्थित श्री गौतम आधारभुत विद्यालयलाई अक्षयकोष रकम बिधालयलाई १ लाख ५ सय ५५ पचपन्न रूपैंयाँ उपलब्ध गराउँनु भएको हो। 

स्व. पोमिदेवि खत्री तथा स्व. श्रीजना खत्री

समाजसेवी धनबहादुर खत्रीले आफ्नी स्व.  श्रीमती पोमिदेवि खत्री तथा स्व. नातिनी श्रीजना खत्री को सम्झनामा छोराहरु सुन्दर बहादुर खत्री,सुमन के सि, र बुहारीहरू -सावित्रा खत्री,मञ्जु खत्री को उपस्थितिमा एक कार्यक्रम का बीच अक्षयकोष रकम विद्यालयलाई उपलब्ध गराउँनु भएको खबर प्राप्त भएको छ।

अक्षयकोष रकम विद्यालयलाई उपलब्ध 

 

प्रतिक्रिया दिनुहोस्