अर्घाका गन्धर्व समुदायका घर बनाउँन मेराे याेगदान महत्वपूर्ण छ तर प्रचार अरुले गरे : उपसभामुख भुसाल

| २०७९ भदौ २५ गते १७: ३९ मा प्रकाशित

अर्घा।सन्धिखर्क नगरपालिका वार्ड नं ९ अर्घा तत्कालीन साविक अर्घा गा.वि.स वार्ड नं १ मा अवस्थित दलित समुदाय मध्य अति गरिव गन्धर्व समुदायहरुकाे घर बनाउन आफुले महत्वपूर्ण भुमिका खेलेकाे बताएकि छिन ।

शुक्रवार शहारा शान्ति सामुदायिक विकास क्लबकाे सहयाेग र द रेन्वाे युथ क्लबकाे आयाेजनामा आयाेजित अति विपन्न घर परिवारलाई कम्बल वितरण कार्यक्रममा बाेल्ने क्रममा उनले साे कुरा बताएकि हुन ।

आफू २०६४ सालकाे चुनावबाट निर्वाचित भए पछि जनता आवास कार्यक्रमकाे अध्यक्ष भएकाे र बाँकि २ जना सदस्य नजिर मियाँ र सन्त वहादुर नेपाली सहितकाे टिमले अर्घाका गन्धर्व समुदाय र सितगंगा नगरपालिकामा रहेका केही गन्धर्व समुदाहरुकाे घर निर्माण गरेकाे टाेप वहादुर रायमाझी काे कुनै याेगदान नभएकाे प्रचार प्रसार मात्र गरेकाे बताएकि हुन ।

साथै आफू उपसभामुख भए पछि अर्घाकाे लागि केही गर्नु पर्छ भन्ने साेचाई आएर गरिव तथा विपन्न परिवारहरुका लागि कम्बल उपलब्ध गराउनकाे लागि आफुले पहल गरेकाे र शहारा शान्ति सामुदायिक विकास क्लब र द रेन्वाे युथ क्लबकाे समन्वयमा कम्बल वितरण कार्यक्रम राखेर सुरुवात गरेकाे र आगामि दिनहरुमा अर्घाकाे विकासका लागि आफुले केन्द्रमा कुनै कसुर नराख्ने बताएकि हुन । उपलब्ध कम्बलहरु पहिलाे चरणमा ५० थान भएकाे हुदा द रेन्वाे युथ क्लबले अति विपन्न घरपरिवार छनाेट गरि वितरण गर्ने गरि क्लबलाई हस्तान्तरण गरिएकाे जानकारी भएकाे छ ।

कार्यक्रम द रेन्वाे युथ क्लबका अध्यक्ष वसन्त वि.क काे अध्यक्षता, संघिय सँसद का उपसभामुख पुस्पा भुसालकाे प्रमुख आतिथ्यता, सन्धिखर्क नगरपालिका वडा नं ९ का वडा अध्यक्ष पदम वहादुर भुसालकाे विशिष्ट आतिथ्यता, शहारा शान्ति सामुदायिक विकास क्लबका अध्यक्ष भरतमणि भट्टराई, कार्यपालिका सदस्य सुरज वि.क, वडा सदस्य सिमा परियार,उपसभामुखका स्वकीय सचिव सतिष भेिाल,स्थानिय समाजसेवी बावुराम भुसाल, बेदुराम भुसाल, नारायण खत्री,भक्त वहादुर परियार, नेपाल पत्रकार महासंघ सदस्य वसन्त कुमार वि.क लगायतका स्थानियहरुकाे उपस्थिति एवं द रेन्वाे युथ क्लबका सचिव विशाल परियारकाे स्वागत मन्तव्य र क्लबका पुर्व अध्यक्ष विष्णु परियारकाे संचालनमा सम्पन्न भएकाे थियाे ।स्रोत  सुनौलो प्रेस 

प्रतिक्रिया दिनुहोस्