सन्धिखर्कमा ड्रागन फलका विरुवा वितरण

| २०७९ भदौ २८ गते २१: २४ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले ड्रागन फलका विरुवा वितरण गरेको छ । 

वडा भित्र रहेका टाेल सुधार समितिहरु लाई लक्षित गरि झन्डै ६ सय ५० वटा ड्रागन फ्रुटका विरुवा वितरण गरिएकाे वडा अध्यक्ष माधव श्रेष्ठले जानकारी दिनुभयाे ।

फलहरुमा सबैभन्दा बढी खनिज तथा पाैष्टिक तत्व पाईने साथै घरको छतमा समेत लगाउन सकिने भएकोले ड्रागन फुर्ट का वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले  बताउनुभयो ।

आज एक कार्यक्रमकाे आयाेजना गरि बिरुवा वितरण गरिएको वडा सचिव धर्मराज भुसालले बताउनु भएको छ । कार्यक्रममा वडा सदस्य तथा सराेकारवालाहरुकाे सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्