सन्धिखर्कमा गीत नृत्य प्रतियोगिता,गंगा आधारभुत प्रथम

| २०७९ भदौ २९ गते २२: १६ मा प्रकाशित

कमला पोख्रेल,सन्धिखर्क। 
२९ भदौ -  ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा सन्धिखर्क नगरपालिकामा गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनारा सहित सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आज बुधबार कार्यक्रम सम्पन्न भएको हो । 

प्रतियोगीतामा सन्धखर्क नगरपालिका भित्रका आधारभुत तहका १७ विद्यालयको सहभागिता रहेको थियो । जस मध्ये गंगा आधारमुत विद्यालय प्रथम , अर्घाखाँची बोर्डिंग स्कुल द्धितीय,  ग्रिन ईङलिस् बोडिङ स्कुल तृतीय,  गौरी शंकर ईङलिस् बोडिङ स्कुल चतुर्थ र जनता आधारभुत विद्यालय सान्तवना भएका छन् । 

प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ४ हजार, तृतीय हुनेले ३५ सय, चतुर्थ हुनेले ३ हजार र सान्तवनाले २ हजार रुपैया नगद सहित, प्रमाण पत्र र सल प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण पसाद श्रेष्ठले बालबालिकाको हककितको लागि आफु सदैव लागिरहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख मिश्रा आचार्यले बालबालिले पाउने अधिकारका लागि नगरपालिकाले आवश्यक निति तथा कार्यक्रम बनाउने बताउनुभयो । 
कार्यक्रममा वडा अध्यक्षहरु, माधव श्रेष्ठ, मोतिजंग रायमाझि, जमसेर मियाँ, रिसब अधिकारी, श्रृधर महत्रा, चुराबहादुर केसी, हुम प्रसाद बन्जाडे, चेतनारायण आचार्य, शिक्षा शाखा प्रमुख मञ्जु खनाल,  विषयगत शाखाका प्रमुखहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, पत्रकार महासंंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम नगर उप प्रमुख मिश्रा आचार्यको अध्यक्षता, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारको स्वागत मन्तव्य र तुलसा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्