सन्धिखर्क नगरपालिकाका कृषकलाई तरकारीको बिउ वितरण

| २०७९ भदौ २९ गते २२: २० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क । सन्धिखर्क नगरपालिकाले कृषकहरुलाई हिउँदे तरकारी बालीका उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ । 

कृषकहरुको मागका आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बन्दा, फुल काउली, ब्रो काउली, केराउ, मुला लगायतका तरकारीका बिउ बितरण शुरु गरेको नगरपालिकाका कृषि शाखा प्रमखु राजेन्द्र भट्टराईले बताउनुभयो । 

बिउ बितरण गर्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले ब्यबसायीक रुपमा तरकारी खेती गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्ने बताउदै उत्पादन बृद्धि गर्न र कृषकहरुलाई ब्यबसायिक बन्न आग्रह गर्नु भयो । 

नगर उपप्रमुख मिश्रा आचार्यले नगरपालिकाले कृषक कुखी कार्यक्रम सञ्चालन गरेको बताउदै ब्यबसायीक र बेमौषमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्