श्री अर्घा भगवती आधारभूत बिद्यालयमा प्रधानध्यापक सहित अन्य शिक्षकले स्कुलनै नगई घरमा बसी बसी मासिक तलब बुझ्छन: स्कुल व्यवस्थापन समितिको चरम लाहपर्वाही

| २०७९ भदौ ३० गते ०६: ०० मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.०९ अर्घा पाथ्रबाङ्ग मा रहेको (श्री अर्घा भगवती  आधारभुत बिधालय ) मा  स्कुलका प्रधानध्यापक र स्कुल ब्यबस्थापन समितिका अध्यक्ष को चरम लाहपर्वाही रहेको पाईएको छ। 

उक्त बिधालय प्रधानध्यापक हरि बहादुर  गन्धर्वको आफ्नो मन मर्जी आफ्नो पावर र पहुँचमा चलेको  स्थानीय हरुको चर्को गुनासो रहेको छ। उक्त बिधालयमा बिद्यार्थी हरुलाई पठनपाठन गराउँने समयमा कुनै चाँसो नदिई बिधालय नै न गई घरमै बसी ,बसी उक्त बिधालयका प्रधानध्यापक हरि गन्धर्व  सहित अन्य शिक्षकहरुले आफ्नो मासिक तनखा बुझ्ने  गर्दछन। तर यस गम्भीर बिषयमा सरोकारवाला निकायले यस बिषयमा कुनै चाँसो नै न दिएको बुझीएको छ। 

सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष : पदम  बहादुर भुसालले अर्घाखाँची बुलेटिनलाई पठाएको बिधालयको हाजिरी हेर्दा २०७९ साल बैशाख १२ गते देखि जेष्ठ ६ गते सम्म उक्त बिधालयका प्रधानध्यापक हरि बहादुर गन्धर्व  बिधालय नै न गएको तर आफ्नो मासिक तलब भने निरन्तर बुझीरहेको वडा अध्यक्ष पदम भुसाल र अर्घाका स्थानीयहरुले बुलेटिनलाइ बताएका छन्। यस गम्भीर बिषयमा स्कुल व्यवस्थापन समितिको चरम लाहपर्वाही रहेको स्थानीयहरुको गुनासो रहेको छ।

हाजिरी फाराम 

स्थानीय हरुको चर्को गुनासो र खबर प्राप्त पछि उक्त बिधालय का प्रधानध्यापक हरि बहादुर गन्धर्व लाई (अर्घाखाँची बुलेटिन )का  रिपोर्टर हरिश्चन्द्र बिश्वकर्मा ले यस गम्भीर बिषयमा बिधालयको मुख्य समस्याको कुरा के हो ? बिधालयमा किन चरम लाहपर्बाही र आफ्नो मनोमानी तरिकाले किन बिधालय खराब बाटोतिर चलिरहेको छ भनेर सोधपुछ गर्दा उक्त बिधालयका प्रधानध्यापक हरि बहादुर गन्धर्वको जवाफ यस्तो रहेको छ - 

यति ठुलो गाउँका अभिभावक हरु त्यसै मा पनि व्यवस्थापन समिती, शिक्षक अभिभावक ,बिधालय वार्ड अनि नगर शिक्षा निगरानी मा हुन्छ शिक्षा क्षेत्रमा विभिन्न राजनीति दलका प्रतिनिधि हरु को आँखा लाग्छ अनि यस्ता कुरा हरु तपाईंलाई के- कसरी थाहा भयो ? बिधालय गलत बाटो मा लागेको कुरा स्पष्टीकरण दिनु पर्यो भनेपछि अर्घाखाँची बुलेटिनका रिपोर्टर हरिचन्द्र विश्वकर्माको जवाफ यस्तो रहेको छ- 

सिधै भाषामा हरिशचन्द्र बिश्वकर्माले दिएको जवाफ - प्रधानध्यापक ज्यु हजुर लाई अलि कति लाज लाग्नु पर्ने होईन र ? आफ्ना बच्चा -बच्ची हरुलाई शहरमा अंग्रेजी मिडियम का बोर्डिंग स्कुलमा पढाउँन पठाउँने तर आम गरिब दु:खीका अभिभावक हरुका छोरा छोरी हरुलाई समयमा राम्रो संग बिधालय पढ्नु छैन ?प्रधानध्यापक कोहो चिन्नु पनि छैन ? यहि हो त प्र. को जिम्मेवारी ? प्रधानध्यापक ज्यु यो त उक्त बिधालयका बिधार्थी हरु माथि चरम लाहपर्वाही र बिधार्थी हरुको उज्ज्वल भविष्य माथि ठुलो खेलवाड भएन र ?बिधालय नै न गई घरमा बसी - बसी  आफ्नो मासिक तलब खुरु - खुरु बुझ्न अलिकति तपाईंलाई लाज लागेन?

एउटा् आफ्नो हाजिर समेत भर्न नसक्ने शिक्षकहरु बाट उक्त बिधालयका  बिधार्थीहरुले राम्रो शिक्षा लिएका होलान् त ?

प्रतिक्रिया दिनुहोस्