अर्घाखाँचीको सन्धिखर्कमा भुमिहिन र सुकुम्बासीको अव्यवस्थित बसोबासको कानुनत चरम दुरुपयोग: हुनेखाने लाई फाइदै फाईदा

| २०७९ असोज १२ गते १९: १७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। हिज भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास को नामावली विवरणमा करोड पति र जिल्लाका हुनेखाने पनि समाबेश भयको हामीले सार्बजनिक गरेका थियौ। यस पछि धेरै जिल्ला बासिको यस बिषयमा आक्रोश पोखिएको थियो।

भुमिहिन सुकुम्बासी लिष्ट 

यसै सन्दर्भमा हामीले अर्घाखाँची जिल्लाका भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग का अध्यक्ष लाई सम्पर्कमा लियका थियौ उहाले यस सम्बन्धमा छानबिन हुने जानकारी गराउनु भयो एउटा मापदण्ड का आधारमा वडा ले सिफारिस गर्ने हुदा के कस्ता ब्यक्तिहरुलाई सिफारिस गरे ती योग्य छन कि नाई त्यो आयोग मार्फत छानबिन र केहि उजुरी भय सार्बजनिक सुनाई हुने बताउनु भयो। हामिले तपाइँ जस्तो जिम्मेवारी ब्यक्तिले यसरी यस्ता सुकिला मुकिला सिफारिस हुदा तपाईंको ध्यान केन्द्रित भयन, भन्दा केही घुमाउरो पारामा केही हामी सबै बसेर छलफल गर्ने बताउनु भयो। गरिब सुकुम्बासी को नाममा यो त अति लापरबाही भयो र सुकुम्बासी को नामको दुरुपयोग भयो भन्दा, अब तेस्ता धनाढ्य ब्यक्तिका नाम हरु सिफारिस भयका छन। अव्यवस्थित बसोबास भनेर हामी यसको सत्य तथ्य बुझ्ने छौ त्यस्तो अमर्यादित कार्य नहुने। अब ती सिफारिस के आधार मा भय उनी त्यसका लागि योग्य छन कि नाई त्यसलाई जिल्ला समिति मार्फत छानबिन हुने, बताउनु भयो।

भुमिहिन सुकुम्बासी लिष्ट 

यसै सन्दर्भमा हामीले कानुन जानकार लाई पनि सम्पर्क गरेका थियौ,। नाम नबताउने सर्तमा यो अव्यवस्थित बसोबास को सन्दर्भमा भुमी आयोग एन बमोजिम दफा ५२(ग) मा प्राबधान रहेको छ। यसैको उपद्फा(२) मा भनिको छ दफा ५२(ख) को उपदफा ४(ग) मा स्पष्ट उल्लेख गरिएको छ। सार्बजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा, जोखिम स्थानमा बसोबास गरिएको जग्गा राष्ट्रिय  निकुञ्ज व संरक्षित क्षेत्रको जग्गा, हाल रुख बिरुवाले ढाकियको वनको जग्गा र सडकको सिमा भित्रको जग्गा, इत्यादि जग्गा अव्यवस्थित बसोबासको लागि दिन नमिल्ने स्पष्ट लेखिएको छ। त्यसैले सन्धिखार्क बजार क्षेत्र सार्वजनिक जग्गा भएको ले कानुनत अव्यवस्थित बसोबास को दायरामा नपर्ने स्पष्ट छ।

भुमिहिन सुकुम्बासी लिष्ट 

अर्को कानुनको दृष्टिबाट महत्त्वपूर्ण पाटो सन्धिखर्कमा जति पनि अव्यवस्थित बसोबास भयका छन सबै व्यावसायिक र ब्यापरिक  प्रयोजनका लागि भोग चलन हुने  र यो आर्थिक क्षेत्र भयको हुदा पनि यहाको बसोबास अव्यवस्थित भन्न नमिल्ने  स्पष्ट पार्नु भयो ।यो कानुन को दृस्टी बाट सरासर  गल्ती र कमजोरी र अतिक्रमण हो। ब्यक्तिगत रुपमा को प्रमुख हो को जनप्रतिनिधि हो र ब्यक्तिगत टिप्पणी भन्दा यो कानुन गत सरासर गलत हो उहाले बताउनु भयो।

एक जना समाजसेवी राजनीतिक बौद्धिक ब्यक्ति लाई पनि हामी सम्पर्क गरेका थियौ उहाँको भनाई अनुसार भुमि आयोग को अध्यक्ष सुकुम्बासी र गरिब को नभयर दलाल र माफियाको अध्यक्ष भएको आरोप लागाउनु भयो र नैतिक रूपमा उहाले राजीनामा दिनुपर्ने, ठूलो रक्कम असुल गरि सार्वजनिक जग्गा ह्ड्पन खोजेको आरोप लगाउनु भयो। सन्धिखर्कका सार्बजनिक जग्गा हात पार्न च्याखे दाउ खेलेको सम्म आरोप लगाउनु भयो।

भुमिहिन सुकुम्बासी लिष्ट 

यस सम्बन्धमा हामिलाई धेरै प्रतिक्रिया आएका छन यसै समाचार मार्फत सन्धिखर्क नगरपालिका वार्ड न.२ ले निकालेको भुमिहिन सम्बन्धि  १५ दिने सर्बजनिक सुचना प्रती पनि आपत्ति रहेको रेकर्ड जानकारी गराउदछौँ।

प्रतिक्रिया दिनुहोस्