सन्धिखर्क १० को ढुंगे देउराली मा जडान गरिएको सोलार लाइट अज्ञात समुहद्वारा तोडफोड

| २०७९ असोज १४ गते १९: २१ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा  नम्बर १० - को ढुंगे देउराली मा जडान गरिएको सोलार लाइट अज्ञात समुहले गए राति तोडफोड  गरेका छन्। 

लायन्स क्बल अफ अर्घाखाँचीले ढुंगे देउरालीमा रंगरोगन गरि सकेपछि उक्त स्थानमा उज्यालो होस् ,आवतजावत गर्ने पैदल यात्री,र सवारी साधनहरुलाई  सहजता बनोस भन्ने हेतुले स्थानीय समाजसेवी युवा राजेन्द्र चुँदालीले सोलार लाइट जडान गरिदिएका थिए। 

ढुंगे देउराली मा जडान गरिएको सोलार लाइट अज्ञात समुहले गए राति तोडफोड

तर गय राति अज्ञात समुहले उक्त ढुंगे देउराली मा जडान गरिएको सोलार लाइटलाई तोडफोड गरि पोल बाट निकालेर तल पट्टि रहेको बरको रुखमा झुण्डाएर राखिदिएका छन्।संरचनाहरुमा लगाईएका भौतिक समानहरु संरणक्षण गर्नुको साटो येसरी तोड्फोड गर्ने शक्रिय गिरोहलाई यथा सिघ्र पक्राउ गरि हद सम्मको कारबाही गर्न अर्घाखाँचीबुलेटिन परिवार अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्