किमडाँडामा सवारी दुर्घटना : १ जना घाइते

| २०७९ असोज १५ गते १५: ५० मा प्रकाशित

सागर मरासिनी , किमडाँडा ।  सन्धिखर्क नगरपालिका ०८ किमडाँडामा सवारी दुर्घटना हुँदा १ जना सामान्य घाइते भएका छन ।

सन्धिखर्क बाट पकले तर्फ आउदै गरेको लु २२ प ८५१७ नम्बर को मोटरसाइकल र छेडा बाट सन्धिखर्क जाँदै गरेको लु १ ज ३३८१ नम्बर को ट्याक्सी किमडाँडा मा एक-आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुभाष कुँवर सामान्य घाइते भएका छन ।   दुर्घटना स्थलमा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँची का ट्राफिक रण बहादुर सेन अनि दिपक भुसाल को उपस्थिती मा  अन्य सवारी चालक लाई दुर्घटना न्यूनीकरण को बारेमा समेत सामान्य जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्