अविरल बर्षाका कारण अर्घामा घर भत्कियो

| २०७९ असोज २२ गते १४: ४५ मा प्रकाशित

रमेश थापा ,अर्घा। केहि दिन देखि लगातार परेको भिषण बर्षाले अर्घाखाँची लगायत देशका बिभिन्न जिल्लामा भैतिक तथा मानवीय क्षति पुर्याएको छ। 

बिष्णु प्रसाद भुसालको थारो 

त्यस्तै अविरल बर्षाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ अर्घा रानी गैरा निवासी बिष्णु प्रसाद भुसालको घर गय राती भत्किएको छ। 

बर्षाले थारो भत्किँदा ठुलो भौतिक क्षति

मानिसहरु घर भित्र रहेका हुँदा कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। बर्षाले घर  भत्किँदा ठुलो भौतिक क्षति हुन् पुगेको छ। केहि दिन देखि जिल्लाका बिभिन्न ग्रामिण क्षेत्रमा पहिरोले घर भत्क्याउँने ,सडक बगाउँने खोलाले मानसि बगाउँने जस्ता घटनाहरु भईरहेका छन्। 

 

प्रतिक्रिया दिनुहोस्