सन्धिखर्क ९ को हिले गोल्लाउनेमा ३ महिना सम्म बिधुतका पोल ढलेको अवस्थामा

बारम्बार खबर गर्दा सम्म नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँची र जनप्रतिनिधिले कुनै चाँसो दिएनन

| २०७९ कार्तिक २१ गते १५: ४९ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ हिले गोल्लाउने मा नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँचीले बिधुतका पोल ढलेर बिजुलीका तारहरु भुईमा (खर्यान) मा लत्रीरहँदा सम्म कुनै चाँसो देखाएको छैन। 

माथि तस्विरमा देखिने बिधुतका पोलहरु बिगत ३ महिना देखि ढलेको अवस्थामा रहेको स्थानीयहरुको भनाई रहेको छ। उक्त बिषयमा नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँची,र जनप्रतिनिधि हरुलाइ बारम्बार खबर गर्दा पनि कुनै चाँसो नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ l

सन्धिखर्क ९ हिले गोल्लाउका बासिन्दा भन्छन हाम्रो क्षेत्रमा स्थानीय सरकार र जनप्रतिनिधि नभएको अनुभूति भईरहेको छl यस गम्भीर बिषयमा नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँची,र जनप्रतिनिधिहरु यथा सिघ्र ध्यानाकर्षण जावोस। 

प्रतिक्रिया दिनुहोस्