ने.क.पा.(एमाले ) १ नं. वडा समिति निर्वाचन परिचालन कमिटी सचिवालय काे बैठक सम्पन्न

| २०७९ कार्तिक २३ गते ०५: ०८ मा प्रकाशित

हिम लेकाली,सन्धिखर्क। नेकपा (एमाले )  सन्धिखर्क नगरपालिका १ नं. वडा समिति अन्तरगत निर्वाचन परिचालन कमिटीकाे बैठक सन्धिखर्कमा सम्पन्न भएको  छ।

निर्वाचन परिचालन कमिटीका अध्यक्ष बाबुराम पन्थीकाे अध्यक्षता र वडा सचिव लेखनाथ भण्डारी काे सन्चालनमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्य तथा १ न. वडा सहजकर्ता बिष्णु परियार काे प्रमुख आतिथ्यता रहेकाे थियाे । 

 बैठकले जिल्ला कमिटी परिपत्रकाे अध्ययन साथै मत सर्बेक्षण ,मतदाता शिक्षा  , जन परिचालन अान्तरिक तयारि ,घरदैलाे कार्यक्रम ,एजेन्ट ब्यबस्थापन  लगायतका कार्यक्रमहरू काे बारेमा छलफल गरि याेजनातय गरेकाे छ ।

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य प्रेमनारायण खनाल  ,  जिल्ला कमिटी सदस्य नगर अध्यक्ष श्रीकृष्ण भुसाल  , जिल्ला कमिटी सदस्य  तथा वडा सहजकर्ता शुसिला गैरे ,जिल्ला कमिटी सदस्य कमला खनाल (भण्डारी ) ,अनेमसंघ केन्द्रीय सदस्य मायाँ भुसाल , सन्धिखर्क नगर उप सचिव लक्ष्मण पराजुली ,नगर सदस्य  लिलावती भट्टराई ,राधा पराजुली , बल बहादुर बि.सि. ,कृष्ण कुँवर , वडा नं. १ पार्टी अध्यक्ष नारायण बि.सि. उप सचिब उरजा बस्याल ,सुन्तली श्रेष्ठ,वडा सदस्य सीता नेपाली , खेतुलाल उपाध्याय  ,  टान प्रसाद भुसाल    ,ऋषिकेश भट्टराई  युवा ईन्चार्ज , टाेल अध्यक्ष लाल बहादुर भुसाल , प्रेम श्रेष्ठ  लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्