नेकपा अर्घाखाँचीको ९ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न

| २०७९ मंसिर ८ गते २१: ३४ मा प्रकाशित

गुरुदेव खनाल। नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले अर्घाखाँचीका विभिन्न स्थानमा ९ औ पार्टी पुर्नगठन दिवसको अवसरमा द्विप प्रज्वलन  तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सन्धिखर्क २,घोचेखोलामा प्रबास सि को अध्यक्षता खेम सि को प्रमुख आतिथ्यता, देबिराम सि र देव सि को आतिथ्यता र एटम सी को सञ्चालनमा पार्टी पुनर्गठन दिवस मनाइएको छ । 

त्यस्तै भुमिकास्थान वडा न. ७, मा सुराज सि को अध्यक्षयता, चिन्तन सिको प्रमुख आतिथ्यता र बाबुराम सि को सञ्चालनमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। भने सितगंगा नगरपालिका वडा न. ११ मौवबारिमा  ममु सीको अध्यक्षता , जिल्ला इञ्चार्ज सङ्गम सि को प्रमुख आतिथ्यता र धुर्ब सि को सञ्चालनमा द्वीप प्रज्वलन गरेर पार्टी पुनर्गठन दिवस मनाइएको छ । त्यस्तैगरि  चाक्ला , धानखोला , बेलखोलामा पनि कार्यक्रम सम्पन्न भएको  जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्