सन्धिखर्कका कृषकहरुलाई च्याउकाे बीउ र प्रांगारिक मल बितरण

| २०७९ मंसिर ११ गते १८: १९ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिकामा कृषकहरुलाई मागकाे आधारमा च्याउकाे बीउ र प्रांगारिक मल बितरण गरिएको छ।

 कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ र प्रांगारिक मल बितरण गरिएको शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयाे । 

वितरण कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख मिश्रा आचार्यले  ब्यबसायिक उत्पादनमा लागि आयअर्जनामा लाग्न कृषकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्