मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु ओगटेर राख्न नपाईने

| २०७९ मंसिर २२ गते १५: ३७ मा प्रकाशित

लक्ष्मण घिमिरे,अर्घाखाँची । सन्धिखर्क नगरपालिका भित्र पर्ने मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु राख्न नपाईने भएको छ । सडक नै ओगट्ने गरी मालवस्तु राख्दा बजारको सौन्दर्यता बिग्रने तथा सवारी दुर्घटना बढ्ने भएपछी सडकमा सामान राख्न निषेध गरेको छ ।

व्यापारीहरुले सडकको चोक तथा फुटपाथमा निर्माण सामग्री, तरकारी तथा फलफुल, किराना, फेन्सी सामग्री बिक्रि वितरणका लागि सडक ओगट्ने गरी सामनहरु राख्ने गरेका छन् । सवारी दुर्घटना बढ्ने तथा सडक जाम हुन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । सडकको पेटी, सडक तथा चोकहरुमा सामग्रीहरु राखेको पाइएमा कानुन अनुसार कडा कारवाही गरी जरिवाना गर्ने सन्धिखर्क नगरपालिकामा आज बसेको सर्व पक्षिय बैठकले निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सडक अतिक्रमित गरी निर्माण सामग्री राखिएको पाइएमा तुरुन्त खाली गर्ने, मालवस्तु ल्याएका सवारी साधनहरुबाट बेलुका ५ बजे देखि बिहान ९ बजे सम्म मात्र सामग्री अनलोड गर्ने, सडकमा पानी फाल्ने कार्य निषेध गर्ने, ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रि गर्ने व्यवसायीहरुले आफ्नो व्यवसाय कक्षमा अनिवार्य रुपमा कम्तीमा २५ लिटर क्षमताको अग्नी नियन्त्रण साधन राख्नु पर्ने लगायतका निर्णय नगरपालिकाले गरेको छ ।
 आज वडा कार्यालय रहेको फुद्बांग र खाँचीमैदानमा ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम सम्पन्न भएको वडा सचिव तुलसा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्